प्रतिमाको ‘भन्देउ हजुर’मा निरुता र दिनेश


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० भदौ

गायिका प्रतिमा केसीले आफ्नो स्वरमा नयाँ गीत ‘भन्देउ हजुर…’को भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियोलाई आहा टिभी युट्युब च्यानलबाट सर्वाजनिक गरिएको छ ।

गायिका प्रतिमाको यो दोस्रो गीत हो । यसअघि उनले प्रविण बेडवालसँग ‘माया लाइसक्यो’ गीत ल्याएकी थिइन् । प्रतिमाका ‘आमा’, ‘लजाएर लुकी लुकी’, ‘रिम झिम’, ‘उड्ने पिलेन’ गीत बजारमा ल्याउने तयारीमा छिन्।

यो गीतमा प्रतिमालाई राग पौडेल स्वरमा साथ दिएका छन् । सिएल शर्माको संगीत रहेको गीतमा संजीव बरालीले एरेन्ज गरेका छन् । सिर्जन बरालले निर्देशन गरेको गीतको भिडियोमा चर्चित मोडल निरुता शाही र जिबी चिरनले फिचरिङ गरेका छन् ।

उनीहरुलाई निदेश कठायत र दीपक सापकोटाले पनि सथा दिएका छन् । भिडियो दिनेश रजालीले खिचेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।