गीतकार विकाश घलेको पितृ देवो भवः


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ भदौ

कुशे औशी अर्थात बाबुको मुख हेर्ने अवसर पारेर विकाश घले गुरुङ्ले शुभकामना शिर्षकमा गीत लीएर आएका छन् । रेड ओशियन इन्टरटेनमेन्टबाट शुभकामना गीतलाई रीलीज गरिएको छ । यस गीतमा स्वर प्रसिद्ध गायक शिव परियारको रहेको छ भने विकाश घले गुरुङले नै शब्द लेखेको छन् । गीतमा प्रसिद्ध संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । ऐरेञ्जमेन्ट राजु कार्कीको रहेको छ भने मिक्सिङ प्रकाश मिश्रले गरेका छन् ।

आमा, बाबु, गुरु एवं प्रोडवर्गको सम्मानमा यो गीतले मूमिका खेल्ने कुरामा कुनै शंका छैन । गीतको भिडियो पनि तयार गरीएको छ । कथा, निर्देशन, सम्पादन तथा रंग संयोजन पनि स्वयं विकाश घले गुरुङले गरेका छन् । म्यूजिक भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा, विप्लव गुरुङ आदीले अभिनय गरेका छन् भने विशाल ढुंगानाले छायांकन गरेका छन् ।

चलचित्र, डकुमेन्ट्रि, म्यूजिक भिडियोमा अब्बल मानिएका विकाश घले गुरुङले अभिभावक प्रति सम्मान राम्ररी जाहेर गरेका छन् ।