ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ वैशाख,
संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले आफ्नो पदको शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई आज दिउँसो शपथ गराएकी छन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले केही सिंहदरबार पुगेर आफ्नो पदभार पनि ग्रहण गर्दैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आफ्नो पदको सपथ लिएका प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद् गठन पनि गरेका छन् । उनले केही मन्त्री परिवर्तन गर्ने भनिए पनि अहिले गठिन मन्त्री परिषदमा यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहो¥याएका हुन् । अब ओलीले एक महिना भित्र सँसदबाट बहुमत सहितको विश्वासको मत लिनु पर्ने छ ।
मन्त्रीहरु
१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२. रामबहादुर थापा बादल, गृह
३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
४. विष्णु पौडेल, अर्थ
५. प्रदीप ज्ञवाली, परराष्ट्र
६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
९. प्रभु साह, सहरी विकास
१०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११. मणिचन्द्र थापा, खानेपानी
१२. पद्मा अर्याल, कृषि
१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९. प्रेमबहादुर आले, वन
२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१. दावा लामा तामाङ, युवा तथा खेलकुद
राज्यमन्त्रीहरु
२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२३. रामवीर मानन्धर, सहरी विकास
२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति





