सविनालाई नक्कलीको चार तिर ध्यान भन्दै सुवास


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ बैशाख

काठे भाकामा चर्चा कमाएकी लोकदोहोरी गायिका सविना दाहालले नयाँ गीतको भिडियो बजारमा ल्याएकी छिन् । गायक सुवास महतसँग जुवारी खेल्दै गायिका दाहालले सुवास र आफ्नो स्वरमा नयाँ काठे भाका नक्कलीको चार तिर ध्यान…गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।
लोक दोहोरी कार्यक्रममा सहभागी भएर चर्चा कमाईरहेकी सविना दाहाल र गायक सुवास महत यो गीतमा निकै खुलेको छन् । एक अर्काबीचको दोहोरी यसमा खुलेको छ । लोक चौतारी युट्युव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ ।

यो काँठे लोकदोहोरी भाकामा शब्द सानु केसी र अशोक सापकोटाको रहेको छ । उक्त गीतको लय संगित रामहरी भण्डारीको रहेको छ भने एरेन्जर नारायण दंगालले गरेका हुन् ।

यो गीतको भिडियोमा मोडल आयुष्मा कार्कीको अभिनय आकर्षक बनेको छ । आयुष्मासँगै यो गीतको भिडियोमा गीतको भिडियोमा भुवन चौलागाई र लक्ष्मी दर्नालको पनि अभिनय रहेको छ । गीतको भिडियोलाई ज्योति फिल्मसले निर्माण गरेको हो । यो गीतको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा नृत्य निर्देशन अमोन रानाको रहेको छ । मरुभूमि नारायणले खिचेको यो गीतको भिडियोलाई संगीत बानियाँले सम्पादन गरेका हुन् ।