आमा बन्दै अभिनेत्री प्रियँका कार्की


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत

अभिनेत्री प्रियकाँ कार्कीले आफु आमा बन्न लागेको कुरा खुलासा गरेकी छिन् । उनी गर्भवती भएको चर्चा यस अघि चलेको भए पनि पुष्टी भएको थिएन । तर यतीबेला यी अभिनेत्री आफैंले आफ्नो गर्भ सहितको तस्बिर सार्वजनिक गर्दै आमा बन्न लागेको कुरा पुष्टी गरेकी हुन् । कोरोनाको महामारी पछि नेपाली चलचित्र उधोग धरासाई भएको बेला यही फुर्सदलाई सदुपयोग गर्दै अभिनेत्री प्रियँका आमा बन्न लाग्दैछिन् ।

अभिनेत्री प्रियँका कार्कीले आफ्नो फेसबुकमा श्रीमान आयुष्मान देशराज जोशीसँग बसेर खिचेको तस्बिर सार्वजनिक गर्दै आफु गर्भवती भएको उल्लेख गरेकी छिन् । आफ्नो गर्भ सहितको पेटको तस्बिर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’

गत साता मात्र अभिनेत्री प्रियँकाले श्रीमान आयुष्मान र परिवारसँग होली खेलेको तस्बिर सार्वजनिक गरेकी थिईन् । सो तस्बिरमा उनको पेट केही अस्वभाविक देखिएकाले उनले सलले पेट छोपेकी थिईन् । सो तस्बिर हेरेपछि धेरैलाई उनी गर्भवती रहेको अनुमान गरेका थिए । त्यसपछि उनलाई साथीहरु देखि सञ्चारकर्मीसम्मले गर्भवती भएको हो भन्दै जिज्ञासा राख्न थाले । यसरी धेरैबाट यस्तो जिज्ञाँसा निरन्तर आएपछि उनले फेसबुकमै श्रीमान र आफ्नो तस्बिर सार्वजनिक गर्दै ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’ भनेर स्टाटस लेखेकी हुन् ।

प्रियँकाले आफ्नो फेसबुकबाट सार्वजनिक गरेको तस्बिरमा उनको गर्भयुक्त पेटलाई श्रीमान आयुष्मान देशराजले चुमेका छन् । अर्को तस्बिरमा पत्नीलाई प्रेम भावमा आयुष्मानले अँकमाल गरेका छन् । यी दुबै तस्बिरमा प्रियँका र आयुष्मान निकै खुसी देखिएका छन् । ब्लाक एन्ड ह्वाईट रँगको दुई वटा तस्बिर सार्वजनिक गर्दै अभिनेत्री प्रियँकाले आफु गर्भवती भएको कुरा खुलाएकी हुन् । उनको गर्भको अबस्था तस्बिरमा प्रस्ट खुलेको छ ।

केही समयदेखि उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिइनन् । यसबाट धेरैले उनी गर्भवती भएको हुनसक्ने अड्कल काटेका थिए । अन्ततः उनले नयाँ वर्षको छेको पारेर यो खुसीको खबर सबैलाई दिएकी छिन् । यो तस्बिर सार्वजनिक सँगै उनलाई सबैतिरबाट बधाईको ओईरो लागेको छ ।

अभिनेत्री प्रियँकाले अभिनेता आयुष्मानसँग गत वर्ष फागुन १६ गते प्रेम विवाह गरेका थिए । दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।