ब्युटी न्युज नेपाल
काठमाडौं, ६ चैत
गायक सुगम पोखरेलले नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् । गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुको गीत ‘तिम्रो लागि…‘’को भिडियो बजारमा ल्याएका हुन् । अमेरिकामा बसोबास गरिरहेका गीतकार वशिष्टले पनि यसपटक फरक शैलीको गीतका लागि शब्दहरु रचना गरेका छन् । यो गीतलाई संगीतकार कल्याण सिंहले संगीतबद्ध गरेका छन् ।
रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । गम्भिर विष्टको अवधारणा तथा पटकथामा तयार भएको यो भिडियोमा गम्भिर विष्ट तथा गीता ढुंगानाको अभिनय रहेको छ ।
नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नबिन निरौलाको सम्पादन छ । गम्भिर विष्टले यो भिडियोलाई निर्देशन गरेका हुन् । यो भिडियो एमबि क्रिएसनको यूट्युब च्यानलमा अपलोड गरिएको छ ।