सतुङगलको कारखानामा भिषण आगलागी


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

काठमाडौंको चन्द्रागिरी नगरपालिका १० सतुङगल बोशी गाउँ नजिक पुरानो कपडा पेलेर कपाश उत्पादन गर्ने कारखानामा भिषण आगलागी भएको छ । बिजुली को तार सटभई त्यहाँ आगलागी भएको स्थानीयले बताएका छन् ।

बेलुका १० बजेबाट काठमाडौं महानगरपालिकाको दुई वटा दमकल र ललितपुर माहानगर पालिकाको दुई वटा दमकल गरि चार वटा दमकलले आगो निभाउने काम गरीरहेको स्थानीय बताएका छन् । यो समाचार तयार पार्दासम्म आगो निभेको थिएन ।

जस्ता पाताले घेरेर बनाएको अस्थाई कारखानामा आगलागी हुँदा ठुलो आर्थिक क्षती भएको कारखाना सञ्चालकले बताएका छन् ।

सोही वडाका नवीन श्रेष्ठ को नामबाट करखाना सञ्चालनमा थियो । भारत स्थित बिहारको सितामाढी घर भई हाल काठमाडौं १३ कालिमाटी बस्ने राम केबल रौनियार भाडामा लिएर सो कारखाना चलाएका थिए ।