काठमाडौं सर्ट फिल्म फेस्टाका बिजेतालाई अवार्ड 


ब्युटी न्युज नेपाल

काठमाडौं, २८ पुष 

चौथो काठमाण्डौ सर्टफिल्म फेष्टा का विजेताहरुलाई अवार्ड प्रदान गरिएको छ । छायाँछबि क्रियसनले मँगलबार काठमाडौंमा आयोजना गरेको छायाँछबि तिज तथा सर्ट फिल्म फेस्टा अवार्ड समारोहमा सर्ट फिल्मको अवार्ड प्रदान गरिएको हो । अवार्ड समारोहमा विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरि विश्वकिर्तिमानी राख्न सफल चलचित्र निर्देशक माधव राज खरेल, पत्रकार कमला जोशी, पुष्कर नेपाल, गायक पुर्ण बहादुर राईलाई छायाँछवि किर्तिमानी सम्मान २०७७ बाट सम्मानित गरिएको छ भने लक्ष्मी बस्नेत र राजन थापालाई समाज सेवा सम्मान र पत्रकार राधिका अधिकारीलाई नारी रंगपत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ ।

छाँयाछवि क्रियशनका अध्यक्ष समेत रहेका शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष समेत रहेका चलचित्र निर्देशक दयाराम दाहालप्रमुख अतिथिको रुपमा थिए भने गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार डव्वु क्षत्री, प्राज्ञ ज्योती वि।क।, अभिनेता श्रीदेव भट्टराई लगायतका अतिथिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । तीज म्यूजिक अवार्डको संयोजक गीता अधिकारी रहेकी थिईन भने राम ढकाल, दिपक थापा लगायत आयोजक समितिमा रहेका थिए । पत्रकार सुमन वैरागीले कार्यक्रलाई संचालन गरेका थिए ।

काठमाडौं सर्ट फिल्म फेष्टाका अवार्ड बिजेताहरु 

१। दोस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१५

उत्कृष्ट डकुमेन्ट्री ः रोशनी के।सी। – तीज

२। दोस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१५

उत्कृष्ट शर्ट फिल्म ः बी।बी। फुयाल – रक्तभोग

३। तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७

उत्कृष्ट वायोपिक डकुमेन्ट्री ः मनिष पन्थ – नरसिंह

४। तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७

उत्कृष्ट डकुमेन्ट्री ः विकाश घले गुरुङ – कोरियोग्राफि नेपाल

५। तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७

उत्कृष्ट शर्ट फिल्म ः संजय पाण्डे – प्रेम दिवस

६। चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९

इन्करेजमेन्ट अवार्ड ः पनाह अधिकारी – आमा ९शर्ट फिल्म०

७। चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९

इन्करेजमेन्ट अवार्ड ः हेम प्रभाष – द मास्क ९शर्ट फिल्म०

८। चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९

पब्लिक च्वाइस अवार्ड ः दीपक थापा – श्री गुप्तेश्वर महादेव गुफा ९डकुमेन्ट्री०

९। चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९

जुरी अवार्ड ः परिच्छेद शेन – मदर ९शर्ट फिल्म०

१०। चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९

उत्कृष्ट कन्सेप्ट÷स्कृप्ट ः मिम बहादुर बस्नेत – हलो ९शर्ट फिल्म०

११। चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९

उत्कृष्ट वायोपिक डकुमेन्ट्री ः शेखर खनाल – द स्याडो अफ एभरेष्ट

१२। चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९

उत्कृष्ट डकुमेन्ट्री ः दयाराम घिमिरे – जोगी

१३। चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९

उत्कृष्ट शर्ट फिल्म ः सुभाष गजुरेल – मधुमालतीको कथा