भरत रेग्मीको विज्ञापन सम्पादनमा व्यस्ता


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुष

मुलुकमा कोरोना सँक्रमण बढेपछि मनोरञ्जनसँगै विज्ञापन क्षेत्र पनि ठप्प भएको छ । पछिल्लो समय कोरोनाको महामारी केही मत्थर भएपछि विज्ञापनको छायाँकन तथा निर्माण क्रम बढेको छ । यही मेसोमा सम्पादक तथा रँग सँयोजक भरत रेग्मी पनि व्यस्त भएका छन् ।

नेपालमा टेलिभिजन कार्यक्रममा क्लिन फिल्ड लागू भएसँगै विज्ञापनको निर्माण बढेपछि आफु अहिले विज्ञापन निर्माण तथा सम्पादन, कलरिङमा व्यस्त भएको भरतले बताए । मँगलबार र बुधबार एउटा विज्ञापनकै छायाँकनमा भेटिएका भरतले आफु छायाँकनमा बस्दा पछि सम्पादनमा धेरै सजिलो हुने बताए ।

पछिल्लो समय भरतले आईएमई पे, कुमारी बैंक, फडमान्डु, फोन पे, जिआईजेड हेल्थ केयर, इकोनोमी कन्क्लेभ, जगजम्बा, दिया तेल, टिभिएस बाईक सहित विभिन्न उत्पादनको विज्ञापन बनाई सकेका छन् । पछिल्लो तीन महिना यताबाट आफुलाई थुप्रै विज्ञापन निर्माण तथा सम्पादन, कलरिङको काम आएको पनि भरतले जानकारी गराए ।

डेढ दशक भन्दा लामो समय कान्तिपुर टेलिभिजनमा काम गरेका उनले पछिल्लो समय फ्रिलान्सरको रुपमा आफैले सम्पादन कक्ष खोलेर काम गर्दै आएका छन् । कोभिडका कारण चलचित्रको छायाँकन रोकिएपछि आफु पछिल्लो समय म्युजिक भिडियो र विज्ञापनको सम्पादन, कलरिङमा व्यस्त भएको सम्पादक भरत रेग्मीले बताए ।