नेकपा विभाजन : ओलीलाई हटाएर माधव नेपाललाई नेकपाका अध्यक्ष घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ पुष

प्रधानमन्त्री केपी शर्मा ओलीले मँगलबार बिहान आफ्नो निवासमा केन्द्रिय सदस्यको बैठक बोलाएर आफु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष रहेको दाबी सहित आगामी मंसिरमा पार्टीको महाधिवेशन तोके । जसका कारण (नेकपा) दुई समुहमा विभाजित भएको छ । ओलीले आफु अध्यक्ष यथावत रहेको दाबी सहित ११९९ जना केन्द्रिय कार्यसमितिको जम्बु टोली बनाएपछि अर्का अध्यक्ष पुष्प कमल दाहालको अध्यक्षतामा पार्टीको करिब ६६ प्रतिसत केन्द्रिय सदस्यको भेला मँगलबार दिउँसो कार्की बैंक्वेट काठमाडौंमा डाकियो ।

सो भेलाले पार्टीका अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको छ । पार्टी नेपाल झलनाथ खनालको प्रस्तावमा ओलीको ठाउँमा भेलाले माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको छ । सो भेलाले पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको अध्यक्षको रुपमा समर्थन जनाएको छ । तर महासचिबको चयन सो भेलाबाट गरिएको छैन । यसरी ओलीको अध्यक्षमा एउटा समुह र दाहाल तथा नेपालको अध्यक्षतामा अर्को समुहको रुपमा नेकपा विभाजन भएको छ । अब पार्टीको आधिकारिकता (विधान, झन्डा, चुनाव चिन्ह) कसले पाउँछ भन्नेबारे निर्णय हुनमात्र बाँकी छ ।

यता नेपाललाई अध्यक्ष चयन गरेको सो भेलाले विभाजनअघि कायम केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत रहेको समेत दाबी गरेको छ ।
१७४ मध्ये ९० जना प्रतिनिधिसभा सदस्यका साथै ५० मध्ये २४ जना राष्ट्रियसभा सदस्यको हस्ताक्षर नै संकलन गरेको छ । समूहले मंगलबार बोलाएको केन्द्रीय कमिटी बैठकमा ४४५ मध्ये ३१५ जनाले हस्ताक्षर गरेको दाबी गरेको छ । यसरी आफुहरुमा बुहमत भएकाले यो समुहले अहिलेको पार्टी नाम, संगठन र निर्वाचन चिन्हमा दाबी गरेको छ ।