माछी भूल्योमा पल र रियाशा बेहुला बेहुली


ब्युटी न्यूज नेपाल
काठमाडौं, ३ कार्तिक

काठमाडौं । अभिनेता पल शाह र मोडल रियाशा दाहाललाई बेहुला बेहुलीका रुपमा प्रस्तुत गरिएको भिडियो ‘माछी भुल्यो’ को भिडियो सार्वजनिक भएको छ । लोकदोहोरी फ्लेभरको गीतमा गायक तथा सर्जक प्रवान जे र भारतीय गायिका दिपशिखाको स्वर रहेको छ ।

पलले पहिलोपटक यो काठे गीतमा अभिनय गरेका हुन् भने भारतीय गायिका दिपशिखाले पनि पहिलो पटक लोक दोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन् । नेपालको इतिहासमै भारतीय गायिकाले लोकदोहोरी गाएको यो नै पहिलो पटक हो । क्लासिकल विधामा अब्बल रहेकी दिपशिखाले ७० भन्दा बढि गीत गाईसकेकी छन् । भारतको लखनउमा जन्मेकी उनी मुम्बईमा बस्दै आएकी छन् । उनले हालसम्म १० भन्दा बढी नेपाली गीत गाइसकेकी छन् । उनले रेडियो नेपालमा समेत गीत रेकर्ड गराईसकेकी छन् ।

भिडियोमा प्रभावन जेको निर्देशन, ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, राजाराम गौतमको कास्टिङ, सन्तोष राजवाहकको कोरियोग्राफी, डिन्शन शाहको सम्पादन, सरिता प्रजापतिको श्रृगार, विवेक चौलागाईंको निर्माण व्यवस्थापन र श्याम धितालको निर्माण नियन्त्रण रहेको छ ।

प्रभावन जेको शब्द रहेको गीतमा जीवन बडुको एरेन्ज छ । गीतको भिडियो डिएआर मुभिज एण्ड फिल्म इन्डस्ट्रीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।