दीपको गीतमा परदेशी पीडा


ब्युजी न्यूज नेपाल
काठमाडौं, २९ असोज

गायक दिप घतानीको ‘परदेशीको दशैँ तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक घतानीकै आफ्नै संगीत तथा गीतकार एसपि कोइरालाको शब्द रचनामा तयार भएको गीतको भिडियोमा उनी आफैले अभिनय गरेका छन । गीतलाई सञ्जीव बाराईलीले एरेन्ज गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग चन्द्र चौधरिले गरेका हुन ।

परदेशमा रहेर दुःख गरेको एक युवाले दशै तिहार जस्तो चाडमा आफ्नो देशमा आएर चाडपर्व मनाउन नसकेको र आफ्नो परिवारलाई सम्झेको लगायतका पिडालाई भिडियोको कथावस्तुमा समेटिएको यस् भिडियोला निकेश खडकाले निर्देशन गरेका हुन ।

भिडियोमा दिपलाई समरा जोशी लगायतले अभिनयमा साथ दिएकी छिन भने सम्पादन बिकास धमलाको रहेको छ । भिडियो गायक दिप घतानीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।