भिडियोमा गीतकार ज्योतिको ‘यो कस्तो माया’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असोज

गीतकार ज्योति गुरुङको शब्द रहेको यो कस्तो माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार गुरुङकै च्यानल जेजी क्रियशनबाट सार्वजनिक भिडियोमा प्रेममा धोका पाएकी युवतीको कथालाई देखाइएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएकी गुरुङले आगामी दिनमा गीत तथा साहित्य श्रृजनामा निरन्तरता दिने बताएकी छिन् ।

सार्वजनिक गीतमा गायिका मेलिना राइको स्वर रहेको छ । जसमा संगीत अर्जुन सुनमको रहेको छ भने एरेञ्ज बीबी अनुरागीको रहेको छ । एउटी नारी आर्दश प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई निर्देशक कुशल श्रेष्ठले भिडियोमा मार्फत प्रस्तुत गर्नुभएको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता ध्रुब दत्त, निरू कोइराला र आस्था जोशी बटाजुको अभिनय देख्न सकिन्छ । बेलायतमा नै छायाँकन गरिएको भिडियोको छायाँकन, सम्पादन र कन्सेप्ट पनि निर्देशक श्रेष्ठकै रहेको छ ।