ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असोज
यतीबेला नयाँ गीत नवोली नवोलीको भिडियो र अडियोलाई दर्शकले मन पराएका छन् । बिस्तारै टिकटकमा पनि यो गीतले चर्चा पाउन थालेको छ । यो गीतलाई गायक प्रविन भेडवाल र गायिका समीक्षा अधिकारीले आफ्नो स्वरमा बजारमा ल्याएका हुन् ।
डिभाईन म्युजिक युट्युब च्यानलबाट यो गीतको भिडियो बिहिबार राती रिलिज गरिएको थियो । यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।
यो गीत कर्णप्रिय बनेको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्माले मुख्य भूमिका निर्वाह गरेका छन् । नवोली नवोली गीतको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । जसमा विकाश दाहालको सम्पादन रहेको छ ।
ग्रामिण परिवेशमा छायाँकन गरिएको यो भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । पछिल्लो समय विधानले लगातार भिडियो निर्देशन गरिरहेका छन् ।