काठमाडौं उपत्यकामा आज ३७७ जनामा कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ भदौ

आज बिहिबार देशभर १ हजार १११ जनमा कोरोना सँक्रमण देखिएको छ । त्यो मध्य करिब एक तिहाई सँक्रमित त काठमाडौं उपत्यकामै भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् । ती मध्य काठमाडौं जिल्लामा २७० जना, ललितपुर जिल्लामा ६६ जना र भक्तपुर जिल्लामा ४१ जना संक्रमित भेटिएका पनि डा. गौतमले बताएका छन् ।

काठमाडौंमा ८ दिन देखि निषेधाज्ञा जारी भए पनि सँक्रमितको सँख्या बढेको बढेकै छ । उपत्यकाका आज सँक्रमितको ठेगाना खुलाईएको छैन ।