नेपालमा आज ५९४ जनामा कोरोना, थप ४ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० साउन

नेपालमा आज शुक्रबार ५९४ जनामा कोरोना भाइरस सँक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ११ हजार ५७५ जनामा गरिएको पिसिआर परीक्षणमा ५९४ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यससँगै नेपालमा कोरोना सक्रमित २५ हजार ५५१ जना पुगेका छन् ।

देशभरका विभिन्न आईसोलेसन सेन्टरमा हाल ७ हजार ९१३ को उपचार भईरहेको छ । यस्तै देशभरका क्वारेन्टिमा१४ हजार ६३८ जना रहेको पनि डा. गौतमले बताए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २४० जना कोरोना सँक्रमणमुक्त भएको पनि डा. गौतमले बताए । यो सँगै हालसम्म नेपालमा १७ हजार ७७ जना कोरोना मुक्त भएका घर फर्किएका छन् ।

यससँगै कोरोना सङ्क्रमित मृतक ९९ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना सँक्रमित ४ जनाको मृत्यु भएको छ । यो सँगै मृतक ९९ पुगेका हुन् ।