सुटकेशमा शब भेटिएका बोहराको हत्या आरोपी पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ साउन,

दुई दिन अघि सामाखुसीमा सुटकेशमा टुउको अलग पारेको शब भेटिएकोमा ती व्यक्तिको हत्या आरोपी चितवनबाट पक्राउ परेकी छिन् ।

काठमाडौं बस्दै आएका दाङ निवासी कृष्णबहादुर बोहोराको हत्या भएको थियो । सो हत्यामा संलग्न आरोपी महिलाले हत्या गर्नुको पोल खोलेकी छिन् ।

ती महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई मंगलबार विहान पत्रकार भेटघाटमा सार्वजनिक गरेको छ । आफुसँग भएको अन्तरँग सम्बन्धको तस्बिर नक्कली फेसबुक आइडी बनाएर बोहराले सार्वजनिक गर्न थालेपछि हत्या गरेको वयान ती महिलाले दिएको प्रहरीले जनाएको छ ।

 स्लिपिङ टवाब्लेट खुवाएर बेहोस बनाएर हत्या गरेको पनि पोख खुलेको छ । हत्यापछि बोहोराको टाउको र खुट्टा अलग गरी शव सुटकेशमा राखेर फालेकी थिईन् । बोहोराको टाउको र खुट्टा जेब्रा झोलाभित्र र शब सुटकेशमा भेटिएको थियो ।