नेपालका डिआरले राखे एक साथ १७ विधामा १० फरक वल्र्ड रेकर्ड


ब्युटी न्युज नेपाल
काठमाडौं २५ साउन

नेपाली गीत सँगीतबाट फेरी एउटा ईतिहाँस कायम भएको छ । यो इतिहाँस नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन् ।

१२ अन्तराष्ट्रिय भाषामा १२ लाईनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन अफ वल्र्ड रेकर्ड राखेका गीतकार डा. उपाध्यायले यतीबेला फेरी १७ फरक विधामा विश्व किर्तिमानी कायम गरेका छन् । यो नेपालकै लागि गौरवको कुरा हो ।

आईतबार राजधानीमा एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राययादबले यी १७ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गरेका छन् ।

‘यसरी एकै दिन फरक १७ विधामा १० ओटा विश्व रेकर्ड सँस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहन गर्ने उपाध्याय पहिलो व्यक्ति हुन् । यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरबको कुरा हो ।’ मन्त्री यादबले कार्यक्रममा भने ।

उनले यसपटक १७ वटा विधामा एउटा मात्र हैन, १० वटा फरक फरक विश्व रेकर्ड कम्पनीबाट वल्र्ड रेकर्ड कायम गरेका हुन् । उनले अमेरिकन बुक अफ रेकर्ड, एशियन वल्र्ड रेकर्ड, च्याम्पिएन बुक अफ वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डमा १७/१७ विधामा एकसाथ वल्र्ड रेकर्ड बनाएका छन् । यी १० कम्पनीबाट उनले १७० वटा वल्र्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरेका छन् । वल्र्ड रेकर्ड प्राप्त गरेरका १७ वटा फरक विधा यस प्रकार छन् ।

– नारी एवम् पुरुषले दुबै प्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र ब्यबहार गर्नुपर्छ भन्ने एक एक लाईनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाईनको गीत ।

– एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत

– साँकेतिक भाषा (साईन ल्याँग्वेज) द्धारा गीतको शब्दले के भनेको हो, परिभाषित गरेको ।

– हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरुको नाम कामबारे बनाईएको गीत

– अक्षर अक्षरको गीत एउटा अक्षर पुरुष र अर्को नारी ।

– तीनवटा सप्तक बनेको गीत

– सगरमाथा हिमाल आरोहण गर्नेहरुकोे अत्याधिक नामबाट गीत

– प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत

– संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरे पटक प्रयोग गरेर बनेको गीत

– एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत

– एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत बनाएको

– संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च)

– आठ वटा उपन्यास समावेश गरी बनाईएको एउटै पुस्तक सँग्रह

– एकै दिन १९ वटा गीतिसँग्रहको बिज्ञापन प्रकाशन गरेको ।

– एकै दिन १९ ओटा सिडी एलबम धेरै पोष्टबक्समा खसालेको

– एउटै गीतको स्थाई र अन्तरा धेरै ब्यक्तिले एकै पटक पढेको

– आफ्नै शब्द रचनाको ३/२ को सबै भन्दा धेरै प्रकारको फ्लेक्स पोष्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको

यसरी यी १७ विधामा फरक १० विश्व किर्तीमानी कम्पनीबाट आज २०७७ साउन २५ गते वल्र्ड रेकर्ड राखिएको छ ।

यस अघि गिनिज वल्र्ड सहित १५ विधामा विश्व किर्तिमानी कायम गरेका उपाध्यायले आजसहित ३२ विधामा फकर फरक विश्व किर्तीमानी कायम बनाएका छन् ।

नेपाली गीतसँगीतमा लागेकाहरुलाई यो खबर अत्यन्त सुखद पक्ष भएको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि गौतमले बताए ।

कार्यक्रममा डा. उपाध्ययको चार गीतिसँग्रह कर्तब्य बोध, धरोहर, सपनाको महल, हृदयको झँकार, सँसारकै सानो गीति पुस्तक अनूभूतिको मझेरीपनि मन्त्री राययादबले बिमोचन गरे ।

किर्तिमानी गीतकार उपाध्यायले ब्यक्ति भन्दा पनि नेपाली गीतसँगीतलाई विश्व बजारमा पुर्याउँदै गिनिज, अमेरिकन वल्र्डबुक सहित सबै वल्र्ड रेकर्डमा नेपालका नाम लेखाउन आफुले यस्तो कार्य गरेको बताए । यो रेकर्ड व्यक्ती नभएर देशको भएको उनको कथन थियो ।