साँसद कृष्णा केसी (नमूना) कोरोना सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

चार दिन अघि मात्र पर्साका सँघीय साँसद प्रदीप यादब कोरोना सँक्रमित भएका थिए । यतीबेला प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) पनि कोरोना भाइरस संक्रमित भएकी छिन् ।

सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छिन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसी कोरोना सँक्रमितको सेवामा क्रियसिल रहँदा आफैं सँक्रमित हुन पुगेकी छिन् ।

सांसद केसीले आफुसँग एक साता यता नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन फेसबुकमा सन्देश लेख्दै आग्रह गरेकी छिन् ।