ब्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन

यो वर्ष हिन्दू नारीहरुको विशेष चाड तीज नजिकिँदै छ । यसै अबसरमा विभिन्न तीज भाकाहरु बजारमा आएका छन् । सञ्चारकर्मी सूर्य चन्दले पनि आफ्नो निर्देशनमा नयाँ तीजभाका ‘छमछम बजाउँदै चुरा…’ बजारमा ल्याएका छन् । चन्दले भिडियो ओएसआर डिजिटलबाट शनिबार सार्वजनिक गरेका हुन् ।

अग्रज गायिका देविका बन्दनाले यो भाका गाएकी हुन् । गीतलाई को गीतकार शोभा केसीले लेखेकी हुन् । यस गीतमा सम्राट थापाको संगीत तथा संगीत संयोजन रहेको छ ।

अग्रज अभिनेत्री शर्मिला मल्ल लामो समयपछि यो गीत मार्फत भिडियोमा आएकी छिन् । मल्लले तीज गीतमा पहिलोपटक यसरी नाचेकी हुन् । अजय रेग्मीको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई शिव वि.कले कोरियोग्राफी गरेका हुन् । जसमा पदम सुवेदीको सम्पादन छ ।

यो गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल सहित बरिष्ट ब्युटिसियन तथा रोज ब्युटी पार्लरकी अध्यक्ष सोनी कारंजित, प्रमिला कटुवाल, फेसन डिजाईनर इन्ता श्रेष्ठसहित सुजना बर्देवा, लक्ष्मी केसीसहितको अभिनय गरेका छन् ।