आज नेपालमा ३७८ जनामा कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन,

नेपालमा आज शनिबार ३७८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा ३७८ जनामा संक्रमणको पुष्टि भएको हो ।

डा. गौतमका अनुसार आज काठमाडौं उपत्यकामा मात्र ६२ जनामा कोरोना देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर ३, भक्तपुर३ जनामा कोरोना देखिएको छ ।

यसैगरी पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७र७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको पनि डा. गौतमले बताए ।

यस्तै रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४र४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३र३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २र२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एक एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

यो सँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ ।यस्तै १६ हजार ३१३ जना सँक्रमण मुक्त भएर घर फर्किएका छन् । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको पनि डा. गौतमले बताए ।