लोक गायक प्रेमराजा र पत्नी कोरोना सँक्रमित


ब्युटी न्युज नेपाल
न्युयोर्क, २४ साउन,

अग्रज लोक गायक प्रेमराजा महत र उनकी पत्नी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । महतले शुक्रबार दिउँसो सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले सावधानी अपनाउँदा पनि कोरोना संक्रमणबाट जोगिन नसकेको बताएका छन् ।

आफु र पत्नी हाल छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी महतले दिएका छन् ।

महत दम्पतीलाई कोरोना भएपछि अहिले देश बिदेशबाट उनका शुभचिन्तकहरुले सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । ब्युटी न्युज नेपाल परिवार पनि महत दम्पतीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।