पत्रकार सुवेदीको दारा निस्केको, महानायिका शब्दले पुजा दुःखी


 ब्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन

आफुलाई पत्रकार प्रकाश सुवेदीले अपमान गरेको भन्दै अभिनेत्री पुजा शर्माले फेसबुकमा एउटा लामै स्टाटस लेखेकी छिन् । आफुलाई पत्रकार सुवेदीले अन्तरवार्ताको लागि बोलाएको तर आफु नगएपछि एपि वान टिभीमा आफुलाई लक्षित गरेर मानहानी गरेको यी अभिनेत्रीको आरोप छ ।

अहिले अभिनेत्री शर्माको यो स्टाटसले चर्चा पाएको छ । पत्रकार सुवेदीले बोलेको प्रसँग पनि सामाजिक सञ्जालमा भाईरल भएको छ । कती चुप रहने, कती सहने ? शिर्षकमा अभिनेत्री पुजाले यस्तो लेखेकी छिन्,

‘कतिचूप रहने ?कति सहने?

Prime tv मा अन्तर्वार्तामा बोलाइयो गएँ सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो

Interview चल्दा चल्दै मैले पत्रकार प्रकाश सुबेदीजी लाइ मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस, भने मान्नु भएन

त्यो चिज प्रसारण भयो viral भयो मेरो थुप्रै troll हरू बने, आफ्नै गल्ति हो भनेर चूपचाप बसे ,

पछि जब प्रकाशजी Ap1 जानु भो मलाइ पुन: interview मा आउ पुजा भनेर भन्नु भो

म मानसिक तनाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ?

म त्रसित पनि थिए ,तसैले मैले सरी दाइ म आउन सक्दिन भने ,

तर त्यसपछि उहॉले आफ्नो कार्यक्रम मा मलाइ लक्षित गरेर “ दारा निस्केको, महानायिका” भनेर शारिरिक हाउभाउ लाइ लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसर छोड्नु भएन ,

के एक पत्रकारले यस्तो अशिष्ट ,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?

पत्रकारले गर्न सक्ला मानौ, के टेलिभिजन मा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाए छैन ?हरेक troll को शिकार देखि , यस्तो अभद्र व्यवहार प्रति हामि कलाकार सधै मौन नै रहनु पर्ने ? अहिले आएर उहॉले “ मैले कसैको नाम तोकेको छैन “ भनेर भन्दै हुनुहुन्छ के यसरी पन्छिन मिल्छ ?

म नभए पनि कोहि अभिनेत्री लाइ त दारे अभिनेत्री सम्बोधन गरिएकै छ त्यॉहा !

हामि कलाकार हरू कहिले सम्म पालै पालो यस्तो अतिबादको शिकार भैरहने?

हाम्रा गल्ति छन्, होलान् पनि त्यो

कुरा पत्रकार मित्रहरू ले औल्याइ दिनु पर्छ

तर यो ढंगको प्रस्तुतीकरण ले के पत्रकारिता को पनि इज़्ज़त बढ्छ त?

कृपया सूझाब सल्लाह को अपेक्षा गर्द्छू !

यहाहरूको सल्लाह अनुसार अगाढि बढ्ने छू ! धन्यवाद!!’

यसै प्रसँगमा हामीले पत्रकार प्रकाश सुवेदीसँग कुरा गर्दा आफुले अभिनेत्री पुजा शर्मालाई यस्तो नभनेको र उनी पनि लक्षित गरिएको पटक्कै नभएको बताएका छन् । आफ्नै टेली फिल्मको युनिटको कलाकारसँगको कुरालाई यहाँ प्रस्तुत गरेको सुवेदीले बताएका छन् ।

अभिनेत्री पूजा शर्मा निकै सुन्दर नायिका भएको, उनको दाह्रा ननिक्लिएको, दाँत राम्रो भएकाले हुँदा आफुप्रति शँका नगर्न पनि सुवेदीले अभिनेत्री शर्मालाई आग्रह गरेका छन् । शर्मासँग अन्तरवार्ताको लागि राम्रै कुराकानी भएको र अहिले नभ्याउने भनेपछि त्यसलाई आफुले नकरात्मक रुपमा पटक्कै नलिएको पनि पत्रकार सुवेदीले बताएका छन् । बरु अभिनेत्री शर्माले आफ्नो नाम नै तोकेर फेसबुकमा स्टाटस लेख्दा आफ्नो मानहानी भएको बुझाई पत्रकार सुवेदीको छ । आफुले यो प्रकरणलाई अगाडि बढाउन नचाहेको पनि उनले स्पष्ट पारेका छन् ।