संघद्धारा सयमता अपनाउन कलाकारलाई अपिल


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति जारी गर्दै लक डाउन हटेता पनि कोभिड १९ ( कोरोना ) रोगको प्रकोप दिन प्रति दिन भयाबह बन्दै गैरहेको बताएको छ ।

स्थानिय स्तरमा भएको संक्रमण फैलिएर समुदायलाई नै सक्रमित बनाउने जोखिम वढिरहेकाले कलाकारलाई सयमता अपाउन सँघले अपिल गरेको छ ।

 बिज्ञप्तिमा लेखिएको छ,‘यसो हनुमा हामी आफैै संक्रमणवाट जोगिन अपनाउनु पर्ने उपायलाई गम्भीरतापूर्वक पालना गरिरहेका छैनौै । यस अवस्थामा आफु र अरुलाई पनि संक्रमणवाट वचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउछ । संक्रमणवाट आफु पनि वच्न र अरुलाई पनि वचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ । मास्क लगाउने, सेनिटाईजर प्रयोग गर्ने, सावुन पानीले हात धुुने, भीड भाड भएको ठाउमा नजाने , भीड भाड नगर्ने अति आवश्यक काम पर्दा मात्र घरवाट वाहिर निस्कने गरेमा कोरोनाको जोखिमवाट वच्न सक्ने संम्भावना भएकाले संम्पुर्ण जनसमुदाय र विशेष गरेर चलचित्रकर्मीहरुलाइ सावधानी अपनाइ आफु र अरुको जीवन कोरोनाको संक्रमणवाट सुरक्षित गर्न नेपाल चलचित्र कलाकार संघ हार्दिक अपिल गर्दछ । ’

संघका उपाध्यक्ष मोहन निरौलाद्धारा प्रेषित विज्ञप्तिमा भनिएको छ,‘अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिवद्व छ । कोरोनाको प्रकोपको संक्रमण कालमा संघले राहतको विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । अझै पनि केही सदस्यहरु समस्या र अप्ठारोमा हुनुहुन्छ भने संघलाइ जानकारी गराउनोस संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको पनि यहि वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौ । कोरोनाको संक्रमण वढदो अवस्थामा रहेकाले संघले आयोजना गर्न लागेको कलाकार वीचको अन्तरक्रिया र कार्यशालाका निर्धारित कार्यक्रम हाललाइ स्थगीत गरिएको पनि यसै वक्तब्य मार्फत जानकारी गराउँदछौ ।’