ब्युुटी न्युज नेपाल
काठमाडौं, २० साउन

नेपालमा आज बुधबार जनामा ३८१ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित पत्रकार भेटघाटका पछिल्लो २४ घन्टामा ३८१ जनालाई कोरोना सँक्रमण पुष्टी भएको बताए । २१ हजार ३९० जना हालसम्म कोरोना सँक्रमित भईसकेको पनि डा. गौतमले बताए ।

यस्तै देशका विभिन्न अस्पतालबाट १३० जना आज कोरोना मुक्त भएका छन् । यस्तै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको सँख्या १५ हजार १५६ जना पुगेको छ ।

यस्तै नेपालमा आजसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ६० जना पुगेको पनि डा. गौतमले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । पछिल्लो २४ घन्टामा पर्सामा २ जनाको कोरोनाबाट निधन भएको हो । यसरी पछिल्लो २४ घन्टामा २ जनाको थप निधन भएपछि नेपालमा कोरोनाबाट मृत्युहुनेको सँख्या ६० जना पुगेको हो ।

आज देशभरका विभिन्न क्वारेन्टाईन सेन्टरमा ९ हजार ९२५ जना रहेको र विभिन्न आईसोलेसन सेन्टरमा ६ हजार १४६ जना उपचारमा रहेको पनि डा. गौतमले बताए ।