पर्सामा कोरोनाबाट आज २ जनाको निधन 


ब्युटी न्युज नेपाल

बीरगञ्ज, २० साउन

कोरोना सँक्रमणबाट नेपालमा मृत्यु हुनेको सँख्या बढीरहेको छ । यसै क्रममा फेरी पर्सामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । कोरोना वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुषको निधन भएको हो । मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । २० साउनमा स्वास्थ्यमा समस्या आएपछि उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

 र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षीय युवतीको मृत्यु भएको हो । पर्सामै साउन १९ गते मृत्यु भएको युवतीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।