आज नेपालमा २२४ जनामा कोरोना, थप ४ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ साउन

नेपालमा आज शुक्रबार २२४ जनामा कोरोना सक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा सो जानकारी गराए । पछिल्लो २४ घण्टामा देशमा २२४ जनामा कोरोना सँक्रमण पुष्टि भएको डा. गौतमले बताए । जस मध्ये काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना सँक्रमितको कुल सँख्या १९ हजार ७७१ ज्ना पुगेको छ ।

डा. गौतमका अनुसार यतीबेला १२ हजार १११ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै ५ हजार ३१६ जना आइसोलेशनमा रहेको पनि उनले बताए । मुलुकभर ५ हजार ३१६ जना विभिन्न आईसोलेसन सेन्टरमा छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार ३९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको पनि उनले बताए । यो सँगै कोरोनाबाट नेपालमा हालसम्म मृत्यु हुनेका संख्या ५६ जना पुगेको छ ।