हरिबँशले ल्याए गाईजात्रे गीत ‘तिमी केको जान्ने…’


ब्युटी न्युज नेपाल
काठमाडौं, १५साउन

अग्रज हास्यब्यँग्य अभिनेता हरिबँश आचार्यले आफ्नो शब्द स्वर र संगीतमा नयाँ गाइजात्रे गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । गीतमा भुपालमान सिंहको एरेञ्ज रहेको छ ।
यो गीत निकै रमाईलो छ । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा अभिनेता आचार्यले ब्यँग्य गरेका छन् ।

सागरराज शर्माको निर्देशन यो गीतको भिडियो तयार भएको हो । भिडियोमा हरिबंश आचार्य, शशि कुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय छ ।

हरि हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका हुन् । गीतलाई पंकज अधिकारीले अंग्रजीमा अनुवाद गरेका छन् ।