प्रेम गीत ३ पछि मनिष अर्को फिल्ममा अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौ, १६ साउन

क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ले नेपाली चलचित्र निर्माणको घोषणा सहित नयाँ फिल्मका लागि ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतलाई अनुबन्धित गरेको छ । उनी सो कम्पनीका ब्राण्ड एम्बेसडर समेत हुन् । सो कम्पनीका सिइओ निलुस गौतमले मनिषलाई आफ्नो नयाँ फिल्ममा अनबन्धित गरेको बताएका छन् ।

यो फिल्म प्रेमकथामा आधारित हुने भनिए पनि फिल्मका बाँकी टिमबारे निर्माण पक्षले केही पनि जानकारी दिएको छैन । स्क्रिप्ट तयार भईसकेको यो चलचित्र नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ । चलचित्रको लागी मनिषको जोडीको रुपमा रहने नायिकाको लागि अभिनय क्षमता सहितकी नयाँ कलाकारको खोजी भईरहेको छ ।