आज २१० जनामा कोरोना सँक्रमण, १४६ डिस्चार्ज  


ब्युटी न्युज नेपाल

काठमाडौं, १४ साउन 

नेपालमा आज बुधबार २१० जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २१० जनामा कोरोना सङ्क्रमित भेटिएको बताए ।

 योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार २७३ पुगेको पनि डा. गौतमले बताए । यस्तै पछिल्लो २४ घण्टामा कोरोना देशभरका विभिन्न अस्पतालबाट १४६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको पनि डा. गौतमले बताए । यो सँगै नेपालमा हालसम्म कोरोना भाईसरमुुक्त भएर घर फर्किनेको जम्मा सँख्या १४ हजार २१ जना पुगेको छ । यस्तै नेपालमा हालसम्म कोरोनाबाट ४९ जनाको मृत्यु भईसकेको छ ।

यस्तै आज मुलुकका विभिन्न आईसोलेसन सेन्टरमा ५ हजार २०३ उपचाररत रहेको र मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १४ हजार ४७१ व्यक्ति भएको पनि डा. गौतमले बताए ।