शिबहरिसँग माईत जान मन छ भन्दै निरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ साउन

शोभा थापा र हेमन्त कान्छा रसाईलीले माईत जान मन छ… तीज गीतको भिडियो बजारमा ल्याएका छन् । गीतको भिडियोमा हास्यब्यँग्य कलाकार शिवहरि पौड्याल र निरु खड्काले पति पत्नीको अभिनय गरेका छन् । उनीहरुसँग कलाकार मिस्री थापाले पनि यो भिडियोमा अभिनय गरेकी छिन् । यी कलाकारको अभिनय रमाईलो बनेको छ ।

यो गीतमा सतिष अधिकारीको शब्द रहेको छ । गीतमा संगीत गायक हेमन्त कान्छा स्वयंमले भरेका छन् । गीतका एरेन्जर विजय थापा हुन् । तीजमा माईत जान मन नहुने चेली को होलान् र भन्दै चेलीको माइत जान चाहने त्यही भावनालाई गीतमा व्यक्त गरिएको गायक कान्छाले बताएका छन् ।

यो गीतको भिडियो देवेन्द्र कुँवरको निर्देशनमा तयार भएको हो । महेन्द्र निरौलाको कोरियोग्राफी रहेको भिडियोलाई चक्र बहादुर बरालले छायाँकन गरेका हुन् । जसमा शिलन लम्सालको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=qay2N-SNVh0