अभिनेता गोपाल राउतको निधन, अन्त्यष्टी शुक्रबार


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

नेपाली चलचित्रका अभिनेता गोपाल राउतको निधन भएको छ । अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा बस्दै आएका उनको मँगलबार बिहान हृदयघातबाट निधन भएको हो ।

आगामी शुक्रबार नेपाली परम्परा अनुसार उनको अन्त्यष्टी गरिने उनका सासु लक्ष्मी शर्माले बताएकी छिन् । अभिनेता गोपाल राउत आफ्नो डिउटीमै रहेकै बेला उनलाई हृदयघात भएको र तत्कालै निधन भएको आफन्तले बताएका छन् । दिवँगत अभिनेता राउतका एक श्रीमती दुई छोरा र एक बुहारी छन ।

अभिनेता गोपालले नाटकबाट आफ्नो अभिनय करिअर सुरु गरेका थिए । दर्जनौ नाटकपछि उनी टेलि चलचित्रमा व्यस्त रहे । रुपमती, गुलाफ एकैपटक फुल्छ लगायत दर्जनौ टेलि चलचित्रमा अभिनय गरिसकेका गोपालले प्रेमयुद्ध, दोधार लगायत विभिन्न चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका थिए ।