पिपल छेउमा बिमल र अनु


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

प्रविशा अधिकारी र रोशन सिंहको स्वरमा नयाँ गीत पिपल छेउमा बर…गीतको भिडियो रिलिज गरिएको छ ।

यो गीतको भिडियोमा बिमल अधिकारी र अनु शाहले मुख्य भूमिका निर्वाह गरेका छन् । मोडल बिमल र अनुको अभिनय यसमा आकर्षक बनेको छ । भिडियोको निर्देशन पनि बिमलले नै गरेका हुन् ।

राजेश घिमिरेले खिचेको यो भिडियोलाई दिनेश शाहले सम्पादन गरेका हुन् । यो गीतको संगीत पनि रोशन कै हो । गीतलाई रमेश बिजीले लेखेका हुन् । जसमा बिशाल निरौलाको संगीत संयोजना रहेको छ ।