रामकुमारको कस्तो भाईरसमा दारी बाको पीडा


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो…’ को भिडियो रिलिज गरिएको छ । यूवा साहित्यकार समेत रहेका फुलाराको यो गीतमा रामकुमार बस्नेतको स्वर तथा सङ्गीत छ । रामकुमार पछिल्लो पुस्ताका रुचाईएका गायक हुन्।

जसमा रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको छ । यो गीतको भिडियोमा सुरविर पण्डित (दारी बा), दिनेश केसी, सरिता राजोपाध्याय, ज्ञान खत्री, ठण्डबहादुर अधिकारी, सुदन भेटवाल, हेमाङ्गराज गिरी र भीष्मराज फुलारा समेतको अभिनय छ । गीतमा सुरबीरले पीडादायी पात्रको अभिनय गरेका छन् ।

भिडियोलाई लिगेस भट्टराईले निर्देशन र सम्पादन गरेका हुन् । जसमा वीरेन्द्र भट्टको छायाँकन, उर्मिला लामाको श्रृङ्गार, यमप्रसाद ओलीको ब्यवस्थापन र गणेश सुवेदीको स्वरांकन छ ।

गीतमो अहिलेको कोरोना भाइरस (कोभिड(१९)को महामारीको पीडालाई समेटिएको छ । यो गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक गरिएको छ ।