बसन्तको बनैमा मजुर…


ब्युटी न्युज नेपाल
काठमाडौं,११ साउन

संगीतकार बसन्त सापकोटाको स्वर, शब्द तथा संगीतमा नयाँ गीत बनैमा मजुर…’को भिडियो बजारमा आएको छ । यो गीतमा बसन्त सापकोटासँगै सापकोटा संगै गायीका शान्ति श्री परियारको स्वर रहेको छ ।
योगेस काजीले एरेन्ज गरेका हुन् । लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्देशन गरेका हुन् ।

गीतमा मोडल सृष्टि खडका र बिसाल सेनले अभिनय गरेका छन् । भिडीयोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सब दाहालको छायांकन छ । यो गीतको सम्पादन पनि निर्देशक घिमिरे नै गरेका हुन् ।