ब्युटी न्युज नेपाल
वीरगञ्ज, १० साउन

शनिबार बिहानबाटै तराईको मुख्य प्रवेश मार्ग वीरगञ्जका सडक सुनसान जस्तै रहे । लकडाउन खुलेसँगै दुई दिन चहलपहल बढेपनि वीगञ्जमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा (कप्mर्यु)लागु गरेको हो । सोही कारण शनिबार वीरगञ्ज महानगरपालिका सुनसान भएको हो । अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी रहने छ ।

वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा बिहिबार एक युवतीको निधन भयो । त्यस अघि एक बृद्धाको निधन भएको थियो । अहिले त्यहाँ सँक्रमितहरुमा कोरोनाका कडा लक्षण देखिनुका साथै सँक्रमितको स्वास्थ्यमा कडा प्रभाव पर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सँक्रमण रोक्न कडाई गरेको छ ।

उता नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षानुसार महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागु गरिएको हो ।

जसका कारण शनिबार वीरगञ्ज ठप्प जस्तै भयो । सडकमा अत्याबस्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधन देखिएन । मानिसहरु आफैं त्रसित भएर घर भित्र बसेको देखियो ।