नरोउ नरोउ निरमायामा सुमी र मञ्जुसँग ओबीको केमेस्ट्री


ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन,

मोडल सुमी पुरीले मोडलिङ गरेको नयाँ तीज गीत नरोउ नरोउ निरमायाँ…को भिडियो दर्शकमाझ आएको छ । सुमीको यो तेश्रो भिडियो हो । यस अघि २ ओटा भिडियोमा उनको अभिनय दर्शकले रुचाएपछि यसपटक तेश्रो भिडियोमा सुमीले अभिनय गरेकी हुन् ।

यो भिडियोमा मोडल ओबी रायमझीसँग सुमी र अर्की मोडल मञ्जु पुरीको त्रिकोणात्मक प्रेम प्रसँग प्रस्तुत गरिएको छ । यसमा मञ्जु र ओबीलाई प्रेमी प्रेमिकाको रुपमा प्रस्तुत गरिएको छ भने सुमीको ओबी प्रति मौन प्रेम देखाईएको छ । सुमी र मञ्जु दिदी बहिनी हुन् । यो भिडियोमा सुमी र मञ्जु दुबैको काम मन पराईएको छ । सोही कारण सुमीसँगै मञ्जु र ओबीको केमेस्ट्री राम्रो बनेको छ ।

तीज गीत नरोउ नरोउ निरमायाँलाई खेम सेन्चुरी र रचना रिमालले गाएका हुन् । गीत मिठो बनेको छ । नेत्र अर्यालले लेखेको यो गीतको संगीत पनि खेमले नै गरेका हुन् । जसमा श्याम श्वेत रसाईलीको संगीत संयोजन रहेको छ ।

क्रान्ती केसीले निर्देशन गरेको यो गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् । जसमा क्रान्ति केसीकै सम्पादन रहेको छ ।यो गीतको भिडियोमा यी मोडलहरुको फेशन काजल क्रियसनकी अध्यक्ष एबम् फेशन डिजाईनर काजल शर्माले डिजाईन र तयार गरेकी हुन् । भिडियोलाई ओबीको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।