भदौबाट स्कुल खुलेसँगै १२ कक्षाको परिक्षा,


ब्युटी न्युज नेपाल
काठमाडौं ७ साउन,

सरकारले १ भदौबाट स्कुल खोल्न दिने निर्णय गरेसँगै शहरका विधालयहरुले आफ्ना विधार्थीका अभिभावकलाई सूचना गर्न थालेका छन् । कतीपय स्कुलले भदौबाट खोल्ने भने पनि विधार्थीहरुको भर्ना १५ साउनबाटै गर्न पनि अभिभावकहरुलाई खबर गर्न थालेका छन् ।

सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण गरिएको लकडाउनले एसईई, ११ र १२ कक्षाका परीक्षाहरु स्थगित भएका थिए । अब स्कुल खुल्ने भएपछि अहिले क्वारेन्टाईनको रुपमा रहेका स्कुलहरु भदौसम्म खाली गरिने भएको छ ।

यता स्कुलहरु भदौ सक्रान्तीबाट खेल्ने दिने भनेसँगै सरकारले कक्षा १२ को परिक्षा गर्न पनि अनुमति दिएको छ । यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिक्षाको अनुमति दिएको हो । सो अनुमतिसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएका छन् ।