नेपालमा आज १५० जनामा कोरोना, आईसोलेसनमा विरामी घटे 


ब्युटी न्युज नेपाल

काठमाडौं, ६ साउन, 

नेपाल आज मंगलबार १५० जनामा  कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना सँक्रमितको संख्या १७ हजार ९९४ पुगेको पनि डा. गौतमले बताए ।

 यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ६०९ जना डिस्चार्ज भएका छन्  । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या१२ हजार ४७७ जना पुगेको पनि उनले बताए । नेपालमा आज विभिन्न क्वारेन्टाईनमा २१ हजार ७०४ जना र आईसोलेसनमा उपचाररत ५ हजार ४७७ जना रहेको पनि डा. गौतमले जानकारी गराए ।