पत्रकार ध्रुब लम्साल सोध लेखनमा उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

चलचित्र सम्बन्धि सोध लेखनमा राजधानी डेली डटकमका सम्पादक ध्रुब लम्साल उत्कृष्ट भएका छन् । कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको खोज र वस्तुगत तथ्याङ्कमा आधारित सोध लेखनमा चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको हो ।

यस बिषयमा संघमा उपलब्ध भएका मध्ये छनौट समितिले उत्कृष्ट ४ लेखलाई चयन गरी शनिबार पुरस्कृत गरेको छ । जसमा उत्कृष्ट हुने पत्रकार ध्रुव लम्साललाई प्रमाणपत्र सहित रु. १५ हजार रुपैयाँ प्रदान गरियो ।

सो लेखनमा द्धितिय हुनुहुने बिष्णु शर्मालाई प्रमाण पत्र सहित रु. १० हजार रुपैयाँ, तृतिय र चतुर्थ हुनुहुने क्रमश मनोज न्यौपाने र रीना मोक्तानलाई प्रमाण पत्र सहित जनही ५/५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

संघका पूर्व अध्यक्ष बिदूर गिरीले कार्यक्रममा भने,‘संघले आह्वान गरेको कार्यक्रममा विशुद्ध लेख रचनालाई मूल्याङ्कन गरि विवादरहित रुपमा लेख रचना छनौट गरिएको छ । लेख रचना छनौट गरिसकेपछि मात्र हामीलाई लेख रचनाकारको नाम थाहा भएको हो ।’

यस्तै पत्रकार शान्तिप्रियले यस्तो खालको कार्यक्रमले चलचित्र पत्रकारहरुलाई थप मनोबल बढाउन मद्यत गर्ने बताए । यसले सबैमा कामप्रति जिम्मेवारी बोध हुने र लेखनवृतिमा पनि सुधार हुदै जाने विश्वास उनले व्यक्त गरे ।

पत्रकार ध्रुव लम्सालले संघलाई लेखन कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले पत्रकारहरुलाई अझ दक्ष बनाउन मद्यत गर्छ भने। यसले पत्रकारिताको मर्यादालाई पनि बचाउँदै लानेछ भने विश्वास आफुले लिएको पनि उनले बताए ।

नेपाली चलचित्र क्षेत्रको बर्तमान बस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको यस्तो अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघ संघका अध्यक्ष दिनेश सिटौलाले पुस्कार हस्तान्तरण कार्यक्रममा बताए । अध्यक्ष सिटौलाका अनुसार छनौट समितिमा चलचित्र पत्रकारहरु विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जिवन कुमार पराजुली र समीर बलामी थिए ।

पत्रकार दिपेन्द्र लामाले कोरोना सँक्रमणको बीच संघले आयोजना गरेको कार्यक्रमको प्रसँसा गरे । यसलाई अझ थप्दै लाने र फोटो तथा भिडियो पत्रकारलाई पनि प्रभावकारी हुने गरि कार्यक्रमहरु गर्न पनि उनले सुझाब दिए ।