आज १५६ जनामा कोरोना, ५८ जना कोरोनामुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

नेपालमा आज आईतबार १५६ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ७४२ जनाको कोरोना भाईरस नमुना परिक्षण गर्दा १५६ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आईतबार नियमित प्रेस मिटमा बताए ।

डा. गौतमका अनुसार आइतबार सबैभन्दा धेरै सप्तरीमा ३२ जना स‌ंक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०/१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६/६ जना, बाँके र दाङमा ५/५ जनामा कोरोना संक्रमण देखिएको छ ।

ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २/२ जनामा संक्रमण देखिएको छ । सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १/१ जनामा संक्रमण देखिएको डा.  गौतमले  प्रेस मिटमा बताए ।

योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमित कुल १७ हजार ६५८ जना पुगेको पनि डा. गौतमले बताए । यस्तै आज देशभरका क्वारेन्टाईनमा २२ हजार ६६२ जना रहेको पनि डा. गौतमले पत्रकार भेटघाटका क्रममा बताए ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सँक्रमण मुक्त भएर ५८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा आजसम्म कुल डिस्चार्ज हुनेको सँख्या ११ हजार ६९५ जना पुगेको पनि डा. गौतमले बताएका छन् । ५२८ जना रेडजोनमा रहेको पनि उनले जानकारी गराए । यस्तै मुलुकका ८ जिल्लामा कोरोना सँक्रमित नभएको पनि डा. गौतमले बताए ।