सिरिरी सिरिरी…भन्दै स्मिता र राजनराज


ब्युटी न्युज नेपाल

काठमाडौं, २ साउन

गायक राजनराज शिवाकोटी र गायिका स्मिता दाहालको अघिल्लो गीत मायालु तिमी कता छौ…सफल भएको थियो । यी दुईले यतीबेला सोही गीतको दोश्रो सृँखलाको रुपमा सिरिरी सिरिरी…को भिडियो ल्याएका छन् ।

यो गीतको शब्द दिनेश थपलियाले लेखेका हुन् । जसमा संगीत राजनराज सिवाकोटीकै रहेको छ । यो गीतको भिडियोलाई गज्जब टिभी युट्युब च्यानलबााट रिलिज गरिएको हो ।

गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय छ । भिडियामा नवराज उप्रेतीको छायाँकन, अर्जुन जि.सीको सम्पादन, श्याम कार्की कलर,  विक्रम स्वाँरको कोरियोग्राफी र सरोज ओलीको निर्देशन रहेको छ ।