एउटै गीतमा १६ जना गायक गायिका


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

गायिका अनिता चलाउनेले नेपालका ख्यातीप्राप्त १६ जना कलाकारलाई समेटेर राष्ट्रिय भावनाले ओतप्रोत गीत को स्वर रहेको देश भक्ती गीत ‘मेरो देश नेपाल…’को भिडियो बजारमा ल्याएकी छिन् । उनले यो गीतको भिडियो बुधबार रिलिज भएको हो । उनले यो गीतमा आफुसहित १६ जना गायक गायिका समेटेकी छिन् । चर्चामा रहेका गायक गायीकाहरु राजेशपाएल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, मेलिना राई, कृष्ण काफले, अनिता चलाउने, बुद्ध लामा, निसान भट्टराई, किरण भुजेल, अस्मिता अधिकारी, प्रबिन बेडवाल, समिक्षा अधिकारी लगाएतको स्वर रहेको छ ।

गीतलाई अर्जुन पोख्ररेलले संगीत गरेका हुन् । यस्तै अम्बिका शर्माले लेखेको यो गीतको भिडियोलाई अनिताले आफ्नै युट्युब च्यानल अनिता चलाउनेबाट रिलिज गरेकी छिन् । गत साता तीज गीत ल्याएकी उनले यतीबेला राष्ट्रिय भावनाले आतप्रोत यो गीत ल्याएकी हुन् । अहिले सबैमा राष्ट्रियता जगाउनु पर्ने र नेपालीमा एकताको भावना जगाउनु पर्ने यो गीतको भिडियो निर्देशन बिधान कार्र्कीले गरेका हुन् । बिपतीले हार मान्छ यहाँ मेरो देश नेपाल…भनिएको यो गीतको सुरुमा अग्रज सञ्चारकर्मी भूषण दाहालको आवाजमा नेपालको प्रकृति र बीरगाथाको कथा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा रुबिना अधिकारी र अनिता चलाउनेसँगै गीतका सबै जसो गायक गायीकाले अभिनय गरेका छन् ।

राष्ट्रिय भावाना समेटीएकोे गीतको भिडियोलाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेकाहुन । गीतले राष्ट्रियताको आवाज बोलेको निर्देशक कार्कीले बताएका छन् । नेपालीको दैनिकी र यसको सेरफोरो रहेको गीतको भिडियो मार्फत देश र राष्ट्रको माया जगाएको पनि कार्कीले बताए ।