ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

सिन्धुपाल्चोकमा पछिल्लो साताबाट पहिलो आउने क्रम रोकिएको छैन । यसै क्रममा भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराती बढेको पहिरोबाट दुई घर पुरिएको छ । सो पहिरोमा पाँच जना पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकले जनाएको छ ।

सो प्रहरी कार्यालयमा प्रहरी नायब उपरिक्षक माधव काफ्लेका अनुसार सो पहिरो बिहिबार बिहानीपख २ बजे पछि आएको हो । पहिरोमा दुई घर पुरेको उनले बताए । पहिरोले ८४ वर्षीया सोमबुट्टी शेर्पा,१६ की याङजी शेर्पा १२ का छिरीङ शेर्पा,४८ का सोमसाङ शेर्पा र साङबु शेर्पालाई पुरेको छ । पुरिएका मध्ये साङबु शेर्पालाई मृत भेटीएको पनि काफ्लेले बताए ।

आज बिहानैबाट स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा पगेर हराएकाहरुको खोजी गरिरहेको पनि काफ्लेले बताए । सो पहिरोले त्यहाँको एक विद्यालयमा समेत क्षति पुगेको छ ।