मेलाम्ची सुरुङमा एक इन्जिनियरसहित दुई जना बेपत्ता


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार,

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा हराएका ४ जना मध्य दुई जना अझै बेपत्ता छन् । दुई जनाको भने उद्दार गरिएको छ ।

मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षण गर्न जाँदा उनीहरु हराएका हुन् । हेलम्बु गाउँपालिका(१ स्थित सुरुङमा आयोजनामा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।

एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । महर्जनका अनुसार उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेर उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । ‘ थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको छ’ प्रहरी प्रमुख महर्जनले बताए । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ ।