नेपालमा आज ८२ जनामा कोरोना, कुलसँक्रमित १६८०१


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

आज नेपालमा जम्मा ८२ जनामा कोरोना सँक्रमण देखिएको छ । कोरोना सँक्रमितको सँख्या केही दिन यताबाट घटिरहेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ९१६ जनाको परिक्षण गर्दा ८२ जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन् । जसमा काठमाडौं उपत्यकामा ६ जना कोरोना सँक्रमित देखिएका छन् । जसमध्य ५ जना काठमाडौंमा र १ जना ललितपुरमा कोरोना सँक्रमित भेटिएको हुन् ।

यो सँगै आजसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या १६ हजार ८०१ जना पुगेको पनि डा.गौतमले बताएका छन् । पछिल्लो २४ घन्टामा कोरोना जितेर डिस्चार्ज हुनेको सँख्या १४७ जना रहेको पनि डा. गौतमले बताएका छन् । योसँगै आजसम्म नेपालमा कोरोना जितेर ८ हजार ५८९ जना डिस्चार्ज भैसकेका छन् ।

यस्तै आज क्वारेन्टाईन २३ हजार ७८४ रहेका छन् । यतीबेला मुलुकभरको विभिन्न आईसोलेसनमा ८ हजार १७४ जनाको उपचार भईरहेको पनि डा. गौतमले बताए । यस्तै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सँख्या आजसम्म ३८ जना रहेको छ ।