कोरोनाबाट दुई दिनमा थप ३ को मृत्यु, नेपालमा कोरोनाबाट मृतक ३८ जना पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार,

कोरोना सँक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोना सँक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका २ जना पुरुष र सिन्धुपालचोकका १ जना पुरुष रहेका छन् ।

काठमाडौं वडा नं. १० शँखमुल निवासी ६० वर्षीय पुरुषको हिजो शुक्रबार निधन भएको हो । १० दिन अघि पाटन अस्पताल भर्ना भएका उनमा कोरोना सँक्रमण देखिएको थियो । मृगौला र फोक्सोको उपचारकै क्रममा उनको निधन भएको हो ।

यस्तै सिन्धुपालचोकको पाँच पोखरी ६ का ४५ वर्षीय एक पुरुषको पनि कोरोना सँक्रमणबाट पाटन अस्पतालमै २५ असार बिहिबार निधन भएको हो । उनी क्षयरोगका बिरामी थिए । उनको ६ दिन अघि कोरोना सँक्रमण पुष्टी भएको थियो ।
यसै गरी काठमाडौंकै गोकर्णेश्वर नगरपालिका वडा नं. ४ निवासी ५४ वर्षका एक पुरुषको पनि कोरोना सँक्रमणबाट २५ असार बिहिबार निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामँगलमा उपचाररत उनी मृगौला समस्याबाट पीडित थिए ।

यी तीन जनामा उपचारकै क्रममा कोरोना परिक्षण गर्दा कोरोना सँक्रमण देखिएको थियो । यी तीनको निधनसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३८ जना पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका छन् ।