ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

गायक गायक आशिष सचिनले शुक्रबार राजधानीमा एक समारोहबीच नयाँ गीत गलबन्दी पच्छ्यौरी…को भिडियो रिलिज गरेका छन् । आफ्नो अघिल्लो सफल गीत पिरिम नलाउने… समूहकै सहभागितामा उनले गलबन्दि पच्छ्यौरी तयार पारेर ल्याएका हुन् ।

लकडाउन अघि नै छायांकन गरिएको यो गीतलाई लकडाउन खुकुलो भएपछि बल्ल शुक्रबार सिमित पत्रकारबीच रिलिज गरिएको भिडियो निर्देशक सुब्रतराज आचार्यले बताए ।

चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको छ । गीतलाई अघिल्लो गीत पिरिम नलाउनेलाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले सो क्रममा बताईन् ।

यो गीतमा आशिष सचिन र मेलिना राईको स्वर, दीपक शर्माको शब्द तथा संगीत, छ । भिडियोको निर्देशन सुव्रतराज आचार्यले गरेका हुन् । जसमा गम्भिर विष्टको कोरियोग्राफी, आशिष सचिन, वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराईको अभिनय छ ।

गीतलाई ओएसआर डिजिटलको आधिकारी युट्युव च्यानलमा सार्वजनिक गरिएको छ । भिडियोमा अर्जुन तिवारीको छायाँकन नविन निरौलाको सम्पादन छ ।

पिरिम नलगाउने गीत युट्युवमा ६ करोड ४३ लाख पटक हेरिएकाले सोही कलाकार र टिम मिलेर पिरिम नलाउनेको प्रिक्वेलस्वरुप गलबन्दि पच्छ्यौरीको भिडियो ल्याएको कार्यक्रममा गायक आशिष सचिनले बताए । पिरिम नलगाउनेलाई करिब सात करोड पटक हेरिएको भन्दै टिमले कार्यक्रममा सफलताको केक समेत काट्यो ।