नेपालमा आज ११८ जनामा कोरोना, सँक्रमित १६६४९


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ असार, 

नेपालमा आज शुक्रबार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ११८ जनामा कोरोना सँक्रमित देखिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको पनि उनले बताए ।

यस्तै आज कोरोना मुक्त भएर विभिन्न स्थानबाट १ सय २० जना डिस्चार्ज भएको पनि उनले बताए । यो सँगै हालसम्म नेपालमा ८ हजार ११ जना डिस्चार्ज भईसकेका छन् ।

यस्तै यतीबेला क्वारेन्टाईनमा २३ हजार ९१० जना रहेको र विभिन्न आईसोलेसन सेन्टरमा ८ हजार ६०३ जनाको उपचार भईरहेको पनि उनले बताए ।