ठाउँ ठाउँमा पहिरोले भीमफेदी कुलेखानी सडकखण्ड अबरुद्ध 


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ असार

बाढी पहिरोका कारण आज बिहानबाट मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थान अबरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीले जनाए अनुसार पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको हो ।

प्रहरी कार्यालय भिमफेदीका अनुसास मौसम खराब भएका कारण ती ठाउँमा पहिरो पन्छाउन गाह्रो भएकाले मौसम सुधार हुनासाथ पहिरो पन्छाई भीमफेदी–कुलेखानी सडक यातायात सञ्चालन गरिने छ ।

हेटौँडाबाट काठमाडौँतर्फ त्रिभुवन राजपथबाटै सञ्चालन गरिएको र त्रिभुवन राजपथको भैँसेबाट सबै यातायातलाई त्रिभुवन राजपथतर्फ पठाइएको भैँसे प्रहरीचौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिए । मकवानपुरको विभिन्न ठाउँमा आज बिहानसम्ममा बाढी पहिरोले कुनै क्षति नपुर्याएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।